कार्तिक, मंसिर महिना पर्यटकहरुको महिना हो भन्दा फरक पदैन । स्थानिय पर्यटकहरु यही दुई महिनाको अवधीमा धेरै घुमफिरमा निस्कने गरेको तथ्याङकले देखाउछ ।
हिमाल, पहाड र तराईले भूबनोट भएको नेपालमा तराई र पहाडका पर्यटकहरु बढी जसो हिमाली क्षेत्रमा जाने गरेका छन् । हिमाली क्षेत्रमा जादाँ जति प्राकृतिक आनन्द प्राप्त हुन्छ अन्य क्षेत्रमा प्राकृतिक शुन्दरताले मोहित बनाउन नसक्ने हिमाली क्षेत्रमा पुग्ने पर्यटकहरुले वर्णन गर्ने गरेका छन् । तर हिमाली क्षेत्रमा घुम्न जानु सबै व्यक्तिका लागि उपयुक्त नहुन सक्छ । पैदल यात्रा गर्ने बानी नभएको व्यक्ति, रोगीहरुको लागि हिमाली क्षेत्र नजान पर्यटन व्यवसयीको सुझाव रहने गरेको पाईन्छ । सारिरक अवस्था तन्दुरुस्त भएकाहरुको लागि हिमाली क्षेत्र यात्राको अर्को जोखिम भनेको लेक लाग्नु हो । आज हामि लेक लागेको खण्डमा कसरी आफूलाई सुरक्षित राख्ने बारे जानकारी दिने प्रयन्त गरेका छौं
लेक लाग्नु अर्थात अंग्रेजिमा अल्टीट्यूड सिकनेस । यसलाई एकयूट माउण्टेन सिकनेस, हाइपोबेरोपेथी, अकोस्टा डिजिज पनि भनिन्छ ।
लेक लाग्नुको कारण अक्सिजनको मात्रा नपुगेरै हो । हामी जति जति उचाईमा गयो त्यति बोटविरुवा कम पाइन्छन् । बोट बिरुवा जति कम हुँदै जान्छन् , त्यति अक्सिजनको मात्रा कम हुन्छ ।
त्यसैले उचाईमा जाँदा शरिरलाई अक्सिजनको मात्रा पुग्दैन । अनि स्वासप्रश्वास बढ्नु, टाउको दुख्नु, निंद्रा लाग्नु, शरिर कमजोर हुनु, होस गुमेजस्तो हुनु आदि लेक लाग्नुका लक्षण हुन् । राती निंद्रामै स्वासप्रश्वासमा समस्या भएर ब्यूंझिनु जस्ता लक्षण देखिन्छन्।
लेक लागेपछि ज्यान जाने खतरा बढ्छ । शरिरमा अक्सिजनको मात्रा कम हुने बित्तिकै शरिरको सबै अंगमा यसले असर गर्छ र बिरामीको केही घण्टामै मृत्युसम्म हुनेगर्छ ।
कसरी बच्ने ?
लेक लागिहालेमा पहिलो विकल्प भनेको तल झर्ने नै हो । कम्तिमा १ सय देखि २ सय मिटर फर्किहाल्नु पर्छ ।
उचाईमा जाँदा धेरैभन्दा धेरै तातो पानी पिउने, झोल पेय पदार्थ जस्तै सुप, जुस पिउनुपर्छ । जसले शरिरमा अक्सिजनको मात्रा बढाउँछ ।
उचाईमा अल्कोहल पिउन हुन्न । केहि गरि कम नभए रेस्क्यूकालागि सम्पर्क गर्नुपर्छ ।