Aamsanchar
Adv top
Adv below_nav

अनुसन्धानबाट तोरीतेल उत्कृष्ट


नेपालमा तोरीको तेलमा ५ देखि ३३ प्रतिशतसम्म ‘इरुसिक एसिड’ भेटिन्छ। सन् १९९० मा, अमेरिकाको खाद्य र औषधि प्रशासन एफडिएले जर्मनी र अस्ट्रेलियाका धेरै तोरीको तेलको स्याम्पल (१४ देखि ३३ प्रतिशतइरुसिक एसिड रहेको) लिएर मुसामा परीक्षणगरिएको थियो। तोरीको तेलमा हुने ‘इरुसिक एसिड’ मुटुका रगत लैजाने–ल्याउने नसामा टाँसिएर मुटुको समस्या पैदा गरेको देखेपछि यसलाई मानिसमा परीक्षण नगरी खाने तेलका रूपमा प्रतिबन्ध लगाइयो। उक्त अनुसन्धानपछि अमेरिका, क्यानडा र युरोपियन युनियनले समेत खाने तेलको रूपमा तोरीको तेल आयात र बिक्रीमा प्रतिबन्ध लगायो। ती मुलुकमा तोरीको तेल मसाजको तेलको रूपमा आयात हुने र एसियन मुलुकका मानिसहरूले खाने तेलका रुपमा प्रयोग गरिरहेका छन्।

वास्तवमा सन् १९९८ पछि भारतमा तोरीको तेल खाएर अचानक ६० जनाको मृत्यु र लगभग तीन हजार मानिस अचानक शरीर सुन्निने रोगको सिकार भएका थिए। त्यसकारण अदालतको आदेशबाट तोरीको तेल प्रतिबन्ध भएको थियो। केही महिनामै उक्त तोरीको तेल हेक्जागन पेट्रोकेमिकलबाट प्रदूषित भएको पत्ता लागेपछि प्रतिबन्ध फुकुवा गरिएको थियो। ‘इरुसिक एसिड’ले मानवमा कुनै प्रतिकूल प्रभाव नपर्ने परम्परागत रूपमै यसको प्रयोग भइरहेकाबाट प्रमाणित नै थियो। सन् २०१२ मा भारतको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एमस) र गंगाराम अस्पतालले जैतुनको तेल, क्यानोला तेल, तोरीको तेल र सूर्यमुखी तेलमाथि गहिरो अध्ययन ग(यो। जसले मानिसको हृदय रोगको जोखिम कम गर्न सबैभन्दा अब्बल तोरीको तेल रहेको निष्कर्ष निकाल्यो। तोरीको तेल खानका लागि जैतुनको तेलभन्दा धेरै राम्रो हुनुको कारण यसमा हुने ओमेगा–६ र ओमेगा–३ फ्याट्टी एसिड थियो, जसले हृदय रोगको जटिलता कम गर्न मद्दत गर्छ।

तोरीको तेलबारे गरिएको एक अनुसन्धानमा पाँच लिटर क्षमताको ‘फ्रायर’मा १८० प्लस ५ डिग्री सेल्सियसमा ६ दिनसम्म तोरीको तेल हरेक दिन ५ घन्टा तताएर कति टुक्रन्छ भनी हेरिएको थियो। प्रत्येक दिन लिइएको नमुनाको फ्री–फ्याट्टी एसिड, पेरोक्सिडेज भ्यालु, पि–एनिसिडिन भ्यालु, आयोडिन भ्यालु, कलर भ्यालु र टोटल अक्सिडेन्ट भ्यालु विश्लेषण गरी हेर्दा चारदिन वा २० घन्टा पुगेपछि मात्र उक्त तेल अनुसन्धानशालाको मापदण्डअनुरूप खान अयोग्य बनेको भेटियो। यो अनुसन्धानले नेपालमा तेलमा खानेकुरा पाक्ने तरिकाको सन्दर्भमा कुकिङ बोइलका लागि तोरीको तेल उपयुक्त हुने देखाएको छ।

लामो समय तताउँदा समेत झट्ट नटुक्रने क्षमता देखिन्छ, नेपाली शुद्ध घिउ र तोरीको तेलमा। पकाउने क्रममा सानो अंश डढ्न गई मानव स्वास्थ्यमा पुग्न सक्ने हानिअन्य तेलको तुलनामा नेपाली शुद्ध घिउ र तोरीमा कम रहन्छ, यसर्थ नेपाली सन्दर्भमा यिनलाईउत्कृष्ट भुटन मान्न सकिन्छ। तेल परीक्षणमा चार दिन टिकेको भेटिए पनि हाम्रो गाउँघरमा चर्को आगोमा तेल तताउने गर्दा तेल २४० डिग्रीसम्म तातेको कथा सुनिएको छ।

कसरी प्रयोग गर्ने ?
तपाईं शुद्ध तोरीको तेल वा शुद्ध घिउमा ‘डिप फ्राई’ गरी खाना खान चाहनुहुन्छ भने एकपटक भुटन प्रयोग भएको तेल पुनः प्रयोग गर्नुहुँदैन। तेल तात्दा निस्किएको विभिन्न प्रकारका फ्याट्टी एसिडमाथि फिँजमा आउने हुँदा त्यसलाई नियमित हटाउन राम्रो हुन्छ। अझ खाना तार्न वा भुट्न विभिन्न प्रकारका तेल मिसाउँदा उपयुक्त हुन्छ।यसो गर्दा कुनै एक प्रकारको तेलमा नहुने फ्याट्टी एसिडहरूको अभाव अर्को तेलले पूरा गर्न सक्छ। अनुसन्धानले कानोला तेल, जैतुन तेलभन्दा तोरीको तेल मुटुको स्वास्थ्यका लागि उपयुक्त भएको प्रमाणित गरिदिएको छ। हाम्रा मिलले तोरी पिसेर निकाल्ने तेल घरमा लामो समयसम्म राख्दा पनि बजारको तेलजस्तो तुरुन्तै नबिग्रने क्षमता त छँदैछ, यसका स्वस्थवद्र्धक फाइदा भेटिएका छन्। अमेरिकन र युरोपियनले ‘इरुसिक एसिड’ हुनाले मुटुको खराबी दिने हो कि भनी यसलाई बन्देज गरिरहँदा वास्तवमा त्यही ‘इरुसिक एसिड’ स्नायुर मस्तिष्कका तन्तुको रक्षा गर्न तोरीको तेल सक्षम बनेको यथार्थ बाहिरिएको छ।

तोरीको तेल मुख्य तेलको रूपमा खाने व्यक्तिको पाचनशक्ति अन्यको भन्दा उच्च देखिएको छ। खाना पचाउन, पाचन प्रक्रियामा उत्पन्न हुने शरीरलाई जरुरी नहुने पदार्थ दिसा–पिसाबबाट बाहिर फाल्न तोरीको तेल सहयोगी हुने प्रमाणित बनेको छ। मानिसमा न्यून ‘मेटाबोलिक डिसअर्डर’ कायम गर्न र स्वास्थ्यका हिसाबमा आन्तरिक र बाहिरी रूपमा तोरीको तेलको थुप्रै फाइदा रहेको प्रमाणित भएको छ। तोरीको तेल मुटु, दाँत,छाला, रक्तसञ्चार आदिका लागि फाइदाजनक छ। यति हुँदाहुँदै पनि कुनै पनि तेलको धेरै सेवन मानिसलाई राम्रो नगर्ने हुँदा तोरीको तेल र घिउ समेत पौष्टिक आहारका लागितोकिएको दैनिक मात्रा भन्दा धेरै सेवन गर्नु पक्कै राम्रो हुने छैन।

(लेखक नेपाली मूलका क्यानेडियन खाद्य वैज्ञानिक तथा औषधि विज्ञ हुन्।)

 

 

 

लाईक गर्नुहोस् ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।