Aamsanchar

देशभर ५ सय १३ जना कोरोना संक्रमित थपिए, ८को मृत्यु

Author Image
शनिवार, कार्तिक ६, २०७८

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर ५ सय १३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरण अनुसार ४ हजार ९ सय ७२ जनाको  पिसिआर र १ हजार ९ सय ५९ जनाको एन्टिजेन परीक्षण गर्दा ५ सय १३ जनामा संक्रमण पुष्टि भएको हो। 

यस्तै आज ८ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यो अवधिमा ८ सय १७ जना संक्रमित संक्रमणमुक्त भएका छन्।

मन्त्रालयको विवरण अनुसार हाल देशभर १० हजार ५ सय ५९ सक्रिय संक्रमित रहेका छन्। 

Views: 146

प्रतिक्रिया (०)

सम्बन्धित खबर