Aamsanchar

कुकुरको टोकाइबाट एकैदिन १५ जना घाइते

Author Image
आइतवार, कार्तिक ७, २०७८

खोटाङ – खोटाङमा कुकुरको टोकाइबाट एकैदिन १५ जना घाइते भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलबजारमा कुकुरले १५ जनालाई टोकेको हो ।

दुई जनालाई थप उपचारका लागि शुक्रराज सरुवा रोग अस्पताल टेकु रेफर गरिएको जिल्ला अस्पताल खोटाङका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. वैभव मल्लिकले बताउनुभयो ।

उहाँका अनुसार अरु १३ जना हप्ता दिनभित्र तीन डोजको एन्टी रेबिज खोप लगाउने गरी पहिलो खोप लगाएर फर्किएका छन् ।

कुकुरले दिक्तेलको रत्नपार्कबाट हाटडाँडासम्म कुद्दै टोक्दै गरेको घाइतेले बताएका छन् ।

Views: 158

प्रतिक्रिया (०)

सम्बन्धित खबर