आयोजक समेत रहेको भारतले सुपर १२ मा पहिलो खेलमै पाकिस्तानसँग खेल्दै विश्वकप सुरुआत गर्दैछ ।
कोरोना महामारीका कारण भारतमा हुनुपर्ने विश्वकप यूएई र ओमानमा खेलाइएको हो । ओमानमा पहिलो चरणको एउटा समूहको खेल भएको थियो । सुपर १२ पछि भने सबै खेल यूएईको तीनवटा मैदानमा खेलाइँदै छ ।
सुपर १२ को ग्रुप २ मा रहेका भारत र पाकिस्तानबीचको खेल दुबईमा नेपाली समय अनुसार बेलुका पौने ८ बजे सुरु हुनेछ ।
भारत र पाकिस्तान क्रिकेट मैदानमा उत्रँदा यसले धेरै अर्थ राख्छ । भारत र पाकिस्तानबीच लामो समयदेखि राजनैतिक तनाव रहँदै आएको छ । खेल क्षेत्रमा पनि यसको असर प्रष्ट देखिन्छ ।
त्यसैले क्रिकेट मैदानमा पनि यिनीहरु लडाइ लडे जसरी उत्रने गर्छन् । जसको असर खेल क्षेत्रमासमेत देखिने गरेको छ ।
यस खेललाई जित र हात मात्र नभएर प्रतिष्ठाको लडाइको रुपमा समेत हेरिन्छ । सन् २०१९ को एकदिवसीय विश्वकपपछि यी दुई टोली पहिलो पटक खेल्न लागेका हुन् । टी-२० मा भने यी दुई टोली २०१६ को विश्वकपमा भिडेका थिए । दुवै खेल भारतले जितेको थियो ।
भारत र पाकिस्तानबीचको खेलअघि ग्रुप १ मा रहेको बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । यो खेल शारजहाँमा दिउँसो पौने ४ बजे सुरु हुनेछ ।