Aamsanchar

प्रदेश १ को बैठक स्थगित गर्न कांग्रेस र एमालेको माग

Author Image
आइतवार, कार्तिक ७, २०७८

विराटनगर – सत्तारूढ दल नेकपा एमालेले पनि आजको प्रदेशसभा बैठक स्थगित गर्न माग गरेको छ । आफ्ना सांसदले फ्लोर क्रस गर्ने सूचना पाएपछि नेपाली कांग्रेसले बैठक रोक्न माग गरेको थियो ।

कांग्रेसको तर्फबाट निवेदन परेपछि नेकपा एमालेले पत्र बुझाएको छ । एमालेले कात्तिक १५ पछि बैठक राख्न माग गरेको छ । प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले पार्टीको कार्यक्रमहरू रहेका बैठक सार्न माग गरेका छन् । प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले मुख्यमन्त्रीले शुक्रबार सदनमा पेश गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमा छलफल र मत विभाजनका लागि आज साढे १२ बजे बैठक बोलाएका थिए । तर दुई पार्टीको निवेदनका कारण बैठक अनिश्चित बनेको छ ।

Views: 119

प्रतिक्रिया (०)

सम्बन्धित खबर