
काठमाडौं : अमेरिकाले नेपाललाई कोरोनाविरुद्धको एक लाख ६ सय २० डोज फाइजर खोप अनुदान दिने घोषणा गरेको छ। अमेरिकी दूतावासले कोरोना महामारीविरुद्ध लड्न नेपाललाई उक्त खोप उपलव्ध गराउने निर्णय गरेको जनाएको छ। दूतावासले उक्त परिमाणको खोप सम्भवत भोलि काठमाडौं आइपुग्ने जनाएको छ।

यस्तै स्वास्थ मन्त्रालयले अमेरिकाबाट ६० लाख डोज फाइजर खोप खरिद गर्ने तयारी गरेको जनाएको छ। १२ वर्ष भन्दा माथिको उमेर समूहलाई फाइजर खोप लगाउने सरकारले तयारी गरेको छ। अमेरिकाले यसअघि पनि जुलाइमा १५ लाख जोन्सन एन्ड जोन्सन खोप उपलब्ध गराएको थियो।
Views: 136

