Aamsanchar

थप ५५७ जनामा कोरोना संक्रमण पुष्टि

Author Image
आइतवार, कार्तिक ७, २०७८

काठमाडौं : देशभर पछिल्लो समय थप ७ हजार ६ सय २५ जनाको कोरोना परीक्षण गर्दा ५५७ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ३ जनाको मृत्यु भएको छ।

योसँगै मृत्यु हुनेको संख्या ११ हजार तीन सय ४८ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। त्यस्तै यसै समय अवधिमा ८७७ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ।

त्यस्तै,काठमाडौं उपत्यकाभित्र २०९ जनामा संक्रमण पुष्टि भएको छ। जसअनुसार काठमाडौंमा १५९,भक्तपुरमा ९ र ललितपुरमा ४१ जना संक्रमित रहेका छन्।

Views: 194

प्रतिक्रिया (०)

सम्बन्धित खबर