

बिर्तामोड । स्वास्थ्य क्षेत्रमा देशमै ठुलो लगानीकर्ताको रुपमा चिनिएका झापाको बिर्तामोड निवासी दुर्गा प्रसाई नेकपा एमालेमा प्रवेश गरेका छन् ।
नेकपा एमाले झापाले बिर्तामोडस्थित सीटी सेन्टरमा आयोजना गरेको वृहत पार्टी प्रवेश कार्यक्रमकाबीच प्रसाई नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

बीएण्डसी अस्पताल एवम् पूर्वाञ्चल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक समेत रहेका प्रसाईलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितीमा पार्टी सदस्यता ग्रहण गरेका छन् ।
व्यवसायी प्रसाई सहित विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा झण्डै तीन हजार जना प्रवेश गरेको एमाले झापाले दावी गरेको छ । प्रसाई सहित नव प्रवेशी सबैलाई नेता सुवाश नेम्वाङ, लेखराज भट्ट लगायतले स्वागत गरेका थिए ।

सो समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गर्नुपर्ने बताएका छन् ।

