Aamsanchar

लुम्बिनी प्रदेश सभा बैठक स्थगित

Author Image
सोमवार, कार्तिक ८, २०७८

 

रुपन्देही – आज साेमवारका लागि बाेलाइएकाे लुम्बिनी प्रदेश सभा बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले आफ्नो वडा र पालिकाको अधिवेशनका कारण बैठकमा सहभागी हुन नसक्ने जनाएपछि आजका लागि बोलाइएको बैठक आउँदो ११ गते बिहीवारसम्मका लागि स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

यसअघि पनि एमाले विधान अधिवेशनका कारण असोजमा बैठक स्थगित गरिएको थियो । बैठकमा सहभागिता जनाए पनि एमालेले भदौ १ गतेदेखि सुरू भएको हिउँदे अधिवेशनमा निरन्तर अवरोध गर्दै आएको छ । 

Views: 138

प्रतिक्रिया (०)

सम्बन्धित खबर