Aamsanchar

एमाले दमक नगर कमिटीको अध्यक्षमा ज्ञाननाथ पोखरेल चयन

Author Image
मङ्गलवार, कार्तिक ९, २०७८

   दमक-नेकपा एमाले दमक नगर कमिटीको प्रथम अधिवेशनबाट ज्ञाननाथ पोखरेल अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।

मंगलबार सम्पन्न अधिवेशनले अध्यक्षमा पोखरेलसहित उपाध्यक्षमा मेदनी खरेल , सचिवमा इन्द्र गुरुङ सर्वसम्मत चयन भएका छन् ।
यसैगरी उपसचिवमा भने २ जना मात्रको सिटमा ४ जनाको मनोनयन परेको छ । सन्तोष दुलाल, सिता कार्की, उर्मिला पाण्डे र यमुना गौतमले मनोनयन दर्ता गराएका छन् ।
योसँगै देशभरका पालिकाहरूमा नेकपा एमालेको अधिवेशन मंगलबार शुरु भएको छ । बाढी पहिरो प्रभावित क्षेत्रमा भने केही दिन पछि सारिएको नेकपा एमालेले जनाएको छ ।

Views: 80

प्रतिक्रिया (०)