Aamsanchar

ताप्लेजुङ कोभिडमुक्त

Author Image
बुधवार, कार्तिक १०, २०७८

फुङ्लिङ –ताप्लेजुङमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या शून्यमा झरेको छ । पछिल्लो पटक सङ्क्रमित भई होमआइसोलेसनमा बसेका पाथीभरा याङवरक गाउँपालिकाका पाँच जनाको एन्टिजेन रिपोर्ट नेगेटिभ आएसँगै ताप्लेजुङमा कोरोनाको सक्रिय संक्रमितको संख्या शून्यमा झरेको हो ।

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका अनुसार सोमबारदेखि यो जिल्ला कोभिडमुक्त बनेको छ । सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काका अनुसार पाथीभरा याङ्वरक गाउँपालिका सङ्क्रमणमुक्त भएपछि सोमबारदेखि सक्रिय संक्रमितको संख्या शून्यमा झरेको हो ।

जिल्लाको नौ स्थानीय तहमध्ये पाथीभरा याङ्वरक गाउँपालिकाबाहेक सबै पालिकामा यसअघि पनि कोरोनाको सक्रिय संक्रमित थिएनन् ।

Views: 218

प्रतिक्रिया (०)

सम्बन्धित खबर