Aamsanchar

प्रतिनिधिसभाको बैठक आज बस्दै

Author Image
बिहिवार, कार्तिक ११, २०७८

 

काठमाडौं : संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ।  बैठक दिउँसो २ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन २०७७-७८ पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। 

गत असोज २५ गते स्थगित भएको बैठक १६ दिनपछि आज बस्न लागेको हो। यसअघि मंगलबारका लागि बैठक तय भए पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आग्रहमा आजका लागि सारिएको हो। तर आग्रह गरेर बैठक सार्न लगाएको नेकपा एमालेले भने बैठक सुरु हुनासाथ अवरोध गर्ने कार्यलाई निरन्तरता दिने तयारी गरेको छ। 

गत भदौ २३ मा संसद बैठक सुरु भएयता एमालेले निरन्तर बैठकमा विरोध गरिरहेको छ। एमालेको अवरोधमा कारण संसदमा शुन्य र विशेष समयमा सांसदहरुले बोल्न पाएका छैनन् भने कतिपय महत्वपूर्ण विधेयकहरु अलपत्र परेका छन्।

Views: 162

प्रतिक्रिया (०)