Aamsanchar

इलामको रोङ गाउँपालिका उपमेयर कप छनोटको नकाउट चरणमा प्रवेश

Author Image
बिहिवार, कार्तिक ११, २०७८

इलाम : इलामको रोङ गाउँपालिका उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताको नकाउट चरणमा प्रवेश गरेको छ।

समूह ई को विजेताको रुपमा रोङले नकाउट चरण प्रवेश गरेको हो। बिहीबार भएको पहिलो खेलमा काठमाण्डौले हुम्लाको सिमकोट गाउँपालिकालाई ९–० ले पराजय गरे पनि रोङले अघिल्लो चरण प्रवेश पायो। दुई खेलमा चार अंक बटुलेको इलामको रोङ गाउँपालिका समूह ‘ई’ को विजेताको रूपमा नकआउट चरण प्रवेश गर्‍यो।

समान खेलमा समान चार अंक भए पनि काठमाडौं गोलअन्तरमा अभागी बन्यो। पहिलो खेलमा काठमाण्डौसँग गोलरहित बराबरी खेलेको रोङले सिमकोटलाई ११–० ले हराएको थियो।

रोङलाई अघिल्लो चरण प्रवेश गराउन विभागीय टोलीका खेलाडीहरुले महत्वपूर्ण भूमिका खेले।

एउटा टिमले ४ जनासम्म विभागीय खेलाडीसमेत अनुबन्ध गरेर सहभागी हुन पाउने नियम एन्फाले बनाएपछि रोङ गाउँपालिकाले आर्मीबाट ३ जना र सशस्त्र प्रहरीको गोलरक्षकलाई खेलाएको थियो। रोङको टिम नेपाली राष्ट्रिय महिला टोलीकी मिडफिल्डर दिपा राई र इन्दिरा राई, डिफेन्डर विमला बिक र गोलरक्षक रूपा रानालाई खेलाएको थियो।

प्रतियोगितामा ३१ टोलीले प्रतिस्पर्धा गरेका छन्। सहभागी टोलीलाई एन्फाले १० समूहमा विभाजन गरेको छ। प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन्।

यस्तै, प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउने छन्। यस्तै, उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार पाउनेछन्। प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ५० हजार र विधागततर्फ उत्कृष्ट हुनेले समान २०÷२० हजार पाउनेछन्

Views: 139

प्रतिक्रिया (०)

सम्बन्धित खबर