Aamsanchar

देशभर थप ५ सय ९१ जना कोरोना,२ को मृत्यु

Author Image
बिहिवार, कार्तिक ११, २०७८

   

काठमाडौं : पछिल्लो २४ घन्टा देशभर ५ सय ९१ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार ११ हजार ३ सय ५५ जनाको पिसिआर र एन्टिजेन परिक्षण गर्दा ५ सय ९१ जना संक्रमित भेटिएका हुन। यस्तै आज २ जना संक्रमितको मृत्यु भएको छ। 

साेही अवधिमा देशभर ६ सय ६४ जना संक्रमितले कोरोनालाई जितेका छन् भने हाल देशभर १० हजार २ सय ३६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको विवरणमा उल्लेख छ। हाल नेपालमा कोरोना संक्रमणमुक्त हुने दर ९७ प्रतिशत छ।

Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर