Aamsanchar

दलित विद्यार्थीलाई दिक्तेल बहुमखी क्याम्पसमा निःशुल्क शिक्षा

Author Image
शुक्रवार, कार्तिक १२, २०७८

खोटाङ : खोटाङको सदरमुकाम दिक्तेलस्थित दिक्तेल बहुमखी क्याम्पसमा दलित विद्यार्थीले निःशुल्क उच्च शिक्षा लिन पाउने भएका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले क्याम्पसमा अध्ययन गर्ने दलित समुदायका विद्यार्थीलाई पूर्ण छात्रावृत्ति प्रदान गर्न थालेको हो।

क्याम्पसमा बिहीबार आयोजित कार्यक्रमकामा शैक्षिक सत्र २०७८ मा क्याम्पसमा भर्ना भएका २९ जना दलित छात्रछात्रालई छात्रावृत्ति प्रदान गरेर नगरपालिकाले पूर्ण छात्रावृत्ति कार्यक्रमको सुरुवात गरेको हो। उच्च शिक्षा अध्ययन गर्ने दलित विद्यार्थीलाई पूर्ण छात्रावृत्ति प्रदान गर्ने नगरपालिकाको निर्णयअनुसार चालु शैक्षिक सत्रदेखि कार्यक्रम सुरु गरिएको उपप्रमुख विणादेवी राईले जानकारी दिइन्।

यो वर्ष कोरोना महामारीका कारण छात्रावृत्ति वितरण गर्न भने केही ढिलाइ भएको उनको भनाइ छ। शिक्षामा समतामुलक पहुँच अभिवृद्धि गर्ने उद्देश्यका साथ दलित समुदायका विद्यार्थीहरूलाई पूर्ण छात्रावृत्ति प्रदान गरिएको राईले बताइन्।

अब क्याम्पसमा अध्ययन गर्ने दलित समुदायका विद्यार्थीलाई विभिन्न प्रयोजनका लागि लाग्ने सबै शुल्क छुट हुनेछ। कार्यक्रमलाई आगमी वर्षमा पनि निरन्तरता दिँदै जाने नगरपालिकाले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 160

प्रतिक्रिया (०)