Aamsanchar

संखुवासभामा खुकुरी प्रहारबाट एक जना गम्भीर घाइते

Author Image
शुक्रवार, कार्तिक १२, २०७८

प्रतिकत्मक तस्बिर 

संखुवासभा : चिचिला गाउँपालिका–२ दिदिङमा खुकुरी प्रहारबाट एक जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीका अनुसार दिदिङका ५० वर्षीय दुर्गाबहादुर गुरुङ गम्भीर घाइते भएका हुन्। बिहीबार साँझ ७ बजेतिर सामान्य विवाद हुँदा सोही ठाउँका ३० वर्षीय दिनेश राईले खुकुरी प्रहार गर्दा गुरुङ गम्भीर घाइते भएका हुन्।

खुकुरी प्रहारबाट गुरुङको टाउको, आँखा र शरीरको विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ। गुरुङको जिल्ला अस्पताल संखुवासभामा उपचार हुन नसकेपछि थप उपचारका लागि न्युरो अस्पताल विराटनगर लगिएको प्रहरी प्रमुख सुवेदीले बताए।

घटनाको जानकारी पाए लगत्तै प्रहरी निरिक्षको कमाण्डमा प्रहरीको टोली घटना स्थल पुगेको छ। खुकुरी प्रहार गर्ने राई फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 126

प्रतिक्रिया (०)

सम्बन्धित खबर