

मधुमल्ला । मोरङ मिकलाजुङ गाउँपालिका–५ मधुमल्लाका एक युवा अनौठो रोगका कारण कस्टकर जीवनयापन गर्न बाध्य बनेका छन् ।

केही गर्ने उमेर, परिवारको आसा र भरोसाको केन्द्र रहेका ३५ बर्षीय सुवास राईको शरिरभरी मासुको डल्ला पलाएको छ । जसका कारण उनको जीवनशैली असामान्य बन्दै गएको छ । सामान्य परिवारका राईले आर्थिक अभावकै कारण समयमै आफ्नो रोगको उपचार गराउन नसकेर आजसम्म पिडा सहदै आए, तर यतीवेला उनले पीडा सहन पनि नसक्ने अवस्था भएको छ । सरिरभरी मासुको डल्ला मात्र होईन उक्त अनाआवस्य बढदै गएको मासुमा घाँउ हुन थालेपछि उनको स्वास्थ्य अवस्था झन जटिल बन्न पुगेको हो ।
उनको समस्यालाई देखेर, बुझेर स्थानिय शंकर बजगाईले राईको उपचारको लागि आर्थिक सहयोगको अपील गरे, बजगाईले मानवताको सेवानै जीवनको सर्वोतम कार्य हो भन्ने सामाजिक भावनाले सुरु गरेको ‘सुवास राई उपचार अभियन’ स्थानिय समाज र देश विदेशमा रहेका सहयोगी मनहरु समक्ष पुर्याउन पत्रकार र संचारक्षेत्रको सहयोग मागे, सञ्चारकर्मीहरुले पनि प्रार्थमिकताका साथ राईको स्वास्थ्य अवस्थाको बारेमा जनमानमा जानकारी दिने काम भएपछि हाल राईलाई उपचारको लागि सहयोग जुटन थालेको छ ।

सुवासको पीडा देखेर देशविदेशमा हुने नेपालीको मन दुख्यो, सुवासको पीडालाई आफ्नै पीडा सम्झेर सहयोग गरिरहेका छन् । हालसम्म सुवासलाई देशविदेशबाट १ लाख ३० हजार माथी सहयोग जुटेको छ । थप सहयोग जुट्ने क्रम जारी छ । शंकर भन्छन्, देशविदेशमा रहनुहुने साथीभाईहरुले आफ्नो खाजा खर्च कटाएर सहयोग गर्नुभएको छ । जसकोलागि म मुरीमुरी धन्यवाद दिन चाहान्छु ।
हाल सुवासको कोशी अञ्चल अस्पतालमा निशुल्क उपचार सुरु भएको छ । कोशी अञ्चल अस्पतालमा मात्र सबै उपचार सम्भव नहुने भएकाले अन्यत्र अस्पतालमा थप उपचार गराउनु पर्ने डाक्टरले सुझाएका छन् । बजगाईले भने अहिले पछाडीको भागको मासु काट्ने भनिएको छ ।
पछाडीको भागको मासु काटे उनलाई सुत्न सहज हुनेछ । नत्र अरु बेला उनी ढाडमाथि पारेर सुत्ने गर्थे । शंकर भन्छन्, सुवास भाईको उपचार गरेर मुहारमा खुशी फर्काउन सकियो भने त्यो भन्दा आत्मिक शान्ति के हुन सक्छ र । आखिर मानब भएपछि एकअर्कामा सेवा भाव गर्नु मानवता हो । भोली जो कोहीमा दुख बिराम पर्न सक्छ ।
सुवास राईको उपचार मात्र उनको समस्या होईन उनको जीवनयापन अर्को ठुलो समस्याको रुपमा रहेको छ । राईको उपचार र जीवनयापन समस्याको हल केही हदसम्म मात्र भएपनि हुनेगरिको सहयोग गर्ने जिम्मेवारी सहयोगी मनकारीहरमै रहेको छ । सहयोग रकम पठाउन एनएमवी बैंकको खाता नम्बर ०५८००६१६२०२०००११

