Aamsanchar

एमाले भद्रपुर अध्यक्षमा ढुंगाना विजयी

Author Image
शुक्रवार, कार्तिक १२, २०७८

      बिर्तामोड –नेकपा एमाले भद्रपुरको अध्यक्षमा ब्रम्हलाल ढुङ्गाना निर्वाचित भएका छन् । उनका प्रतिद्वन्दी लक्ष्मण पोखरेल फराकिलो मतान्तरले पराजित भएका छन् । ढुङ्गानाले १६६ मत ल्याएका छन् भने पोखरेलले ३१ मत प्राप्त गर्न सफल भए । उपाध्यक्षमा भीम सुब्बा निर्विरोध भइसकेका छन् । यस्तै, सचिवमा घनश्याम लकान्द्र निर्वाचित भएका छन् । सचिवका उम्मेद्वार लकान्द्रीले १३२, डिल्लीरमण नेपाल १५ र रमेश आचार्यले ४१ मत प्राप्त गरे । उपसचिव पद्मा किरण कार्की र कौशिला अधिकारी निर्वाचित भएका छन् । तीन जना उम्मेद्वारमध्ये कार्कीले १७१, अधिकारीले १४३ र हेडम्बर निरौलाले ३९ मत प्राप्त गर्न सफल भए । भद्रपुरमा खुल्ला सदस्य पद्मा समेत निर्वाचन भएको छ । अन्य सदस्य पद्मा सर्वसम्मत भएको थियो ।

Views: 225

प्रतिक्रिया (०)

सम्बन्धित खबर