Aamsanchar

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर ३० वर्षीया महिलाको मृत्यु

Author Image
शनिवार, कार्तिक १३, २०७८

     

डोटी – डोटीको शिखर नगरपालिका वडा नम्बर ९ मा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ । मोबाइल चार्ज गर्ने क्रममा शिखर नगरपालिका-९ मल्लिसाँझकी ३० वर्षीया राधिका रोस्याराको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक एवं सह–प्रवक्ता रवीन्द्र चन्दले जानकारी दिनुभयो । त्यस्तै शिखर नगरपालिका–११ बारपाटामा २० वर्षका शिशिर साउद घाइते भएका छन् ।

घाइते साउदको राजपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 184

प्रतिक्रिया (०)

सम्बन्धित खबर