
काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर ३ सय ७२ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ७ हजार ९ सय ११ जनामा गरिएको पिसिआर र एन्टिजेन परीक्षणमा ३ सय ७२ जना संक्रमित भेटिएका हुन् भने आज ११ जना संक्रमितको मृत्यु भएको छ।

यस्तै मन्त्रालयको विवरणअनुसार ९ सय ११ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने हाल देशभर ९ हजार ५ सय २६ जना सक्रिय संक्रमित रहेका छन्।
Views: 176

