Aamsanchar

सेवामुखी कार्यक्रम सहित सहारा साकोसले सर्वजनिक गर्यो बार्षिक प्रतिवेदन

Author Image
सोमवार, कार्तिक १५, २०७८

प्रतिवेदन सार्वजनिक गर्दै महिला सदस्यहरु ।

चारपाने । झापाको बिर्तामोड–२, चारपानेमा मुख्य कार्यालय रहेको देशकै ठुलो सहकारी संस्था सहारा नेपाल बचत तथा ऋणसहकारीले २५ औं वार्षिक साधारणसभाको पूर्वसन्ध्यामा प्रतिवेदन सार्वजनिक गरेको छ । १४ जना लघुवित्तमा आवद्ध शेयर सदस्यहरुले प्रतिवेदन सार्वजनिक गरेका थिए ।

आज सहारा नेपालको मुख्य कार्यलयमा आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत प्रतिवेदन सार्वजनिक गरिएको हो । प्रतिवेदनलाई संस्थाका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले बाचन गरेका थिए ।

आगामी कात्तिक २७ गते हुने बिर्तामोडमा आयोजना हुने बार्षिक साधारणसभाको लागि दुई गर्जन भन्दा धेरै कार्यक्रमहरुलाई प्रस्थावको रुपमा अघि सारिएको छ । जसमा केह नियमित र केही नयाँ कार्यक्रमहरु रहेका छन् ।

सहारा नेपालले विगत बर्ष झैं यस बर्ष पनि प्रदेश १ सहकारी रजिष्ट्रार कार्यालयको निर्देशन बमोजिम ९० स्थानमा एकाई भेला सम्पन्न गर्दै प्रतिनिधी मुलक ढंगले सदस्यहरुलाई साधारणसभा समापन कार्यक्रममा सहभागी गराउने भएको छ ।

यसै बर्ष स्मार्ट सर्टिफिकेशन प्राप्त गर्न सफल भएको सहारा साकोसले हाल सम्म आईपुग्दा १३ अर्ब नजिक वित्तिय कारोबार बनाई सकेको छ । संस्थाले वित्तिय अवस्थालाई अझ मजबुत बनाउने उदेश्य राखेर ०७८–२०८८ सम्म एक खर्ब वित्तिय कारोवार बनाउने लक्षय राखेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

गत असार मसान्त सम्मामा १ लाख ५० हजार ३ सय ५४ जना शेयर सदस्य आवद्ध रहेका छन् । प्रदेश १ को ११ वटा जिल्लाका ८० वटा पालिकाहरुलाई कार्यक्षेत्र सहाराले बनाई सकेको छ । ‘मेरो गौरव मेरो सहकारी’ ‘सबैका लागि सधैंका लागि’ भन्ने नारालाई बुलन्द बनाउदै हरेक बर्ष नयाँ शेयर सदस्यहरु थप्तै लाने भएको छ ।

प्रतिवेदन बाचन गर्दै संस्थाका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरी ।

संस्थाको शेयर पुँजी १ अर्ब ४६ करोड ६५ लाख, जगेडा कोष ९४ करोड १ लाख तथा अन्य कोष ३७ करोड ५७ लाख, बचत ८ अर्ब २३ करोड ९४ लाख, लगानी १० अर्ब १ करोड ४२ लाख, भौतिक सम्पति ४० करोड ८८ लाख र बाह्य ऋण १ खर्व ३२ करोड रहेको छ । ०७८ आषढ मसान्तसम्मको संस्थाको वासलात १२ अर्ब ७१ करोड ८१ लाख पुगेको कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले बताएका छन् ।

संस्थाले यसबर्ष ५४ करोड १२ लाख खुद मुनाफा आर्जन गरेको छ । विगत बर्ष झैं कोभिडको कारण ऋणको साँवा तथा व्याज तिर्न नसकेको अवस्थामा पनि संस्थाले कुनै पनि प्रकारको ऋणमा हर्जना, जरिवाना लिएको छैन भनिएको छ । कोभिड पोजेटिभ भएका ४ हजार शेयर सदस्यलाई घरदैलो पोेसिलो खानेकुरा वितरण, संस्थाले लोकप्रिय कार्यक्रममा ९ वटा कार्यक्रमलाई प्रार्थमिकतामा रोखेको छ । उक्त कार्यक्रमहरुमा सुत्केरी पोषण, होम केयर, संजिवनी, जीवन बरदान, सिनियर सिटिजन हेल्थ केयर,वेलनेस सेन्टर, एम्बुलेन्स सेवा, फार्मेसी सेवा, र बिपन्नलाई स्वास्थ्य वीमा कार्यक्रम रहेका छन् ।

कोभिड पोजेटिभ सदस्यलाई होम आईसोलेसनमा बस्दा औषधि वापत रु ७ हजार र अस्पताल भर्ना भई उपचार गराउनु परेकालाई ३ लाख सम्म उपचार खर्च सहयोग गरेको थियो यो कार्यक्रमलाई पनि निरन्तरता दिने भएको छ ।

सामुदायिक विकासको कार्य अन्तरगत गत बर्ष उदयपुर पाँचथरका विकट गाँउपालिकाका प्रार्थमिक स्वास्थ्य केन्द्रलाई उम्बुलेन्स उपलब्ध गराएको थियो यस बर्ष पनि ४ वटा एम्बुलेन्स बिरतण गर्ने योजना रहेको प्रतिवेदनमा उल्लेख छ । सदस्यहरुको स्वास्थ्य सेवालाई अझ सहज बनाउन सहारा हेल्थ सेन्टर स्थापना गरी आधारभूत डाईग्नोसिस सेवा सुरु गर्न एक भवन निर्माण कार्यको थालनी गर्ने भनिएको छ ।

शेयर सदस्यहरुले व्यवसायिक कृषि ऋण लिई गाई तथा भैंसी पालन गरिरहेको भएमा बाछा–बाछी, पाढा–पाढी जन्मेको अवस्थामा पशु सुत्केरी भत्ता कार्यक्रम पनि सुरु गर्ने भएको छ । जस अनुसार सहाराले १ हजार रुपिँया भत्ता उपलब्ध गराउने भएको छ ।

सहारा साकोसले यस बर्ष ८५ वटा सेवा केन्द्र, २ लाख सदस्य र १६ अर्वको वासलत बनाउदै ६० करोड नाफा कमाउने लक्ष रोखेको छ । यस पटकको साधारण सभा संगैं अधिवेशन पनि रहेकोले संचालक समिति, तथा लेखा सुपरिवेक्षण समिति सर्वसम्मत प्रक्रियाबाट चयन गर्न पहल भई रहेको बताईएको छ ।

संस्थाका कार्यवहाक अध्यक्ष हरिप्रसाद निरौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा उपाध्यक्ष उपेन्द्रप्रसाद ओलीले स्वागत गरेका थिए भने कायृक्रमको संचालन कर्मचारी मात्रिका सुवेदीले गरेका थिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 300

प्रतिक्रिया (०)

सम्बन्धित खबर