Aamsanchar

थप पाँच सय ३३ जनामा कोरोना संक्रमण पुष्टि

Author Image
सोमवार, कार्तिक १५, २०७८

 

काठमाडौं : देशभर पछिल्लो समय थप ११ हजार ६ सय ६४ जनाको कोरोना परीक्षण गर्दा पाँच सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट थप ९ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार चार सय १६ जना पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। त्यस्तै, ४९० जना कोरोनामुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ३१८ रहेको मन्त्रालयले जनाएको छ।

   

Views: 421

प्रतिक्रिया (०)

सम्बन्धित खबर