Aamsanchar

प्रदेश १ : ४९ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा एकीकृत समाजवादीका राईको दाबी पेस

Author Image
सोमवार, कार्तिक १५, २०७८

       

काठमाण्डाै – प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यको राजीनामासँगै गठबन्धन दलका सांसदहरूले नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईको नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख सोमनाथ अधिकारी समक्ष दाबी पेस गरेका छन् ।

प्रदेश प्रमुख अधिकारीले पत्र बुझ्दै आउँदाे मङ्गलवार २३ गते दिउँसाे २ बजेका लागि शपथ ग्रहणको समयसमेत तोक्नुभएको छ ।

९२ सदस्यीय प्रदेश सभामा एमालेसँग सभामुखसहित ४१ सांसद छन् । त्यस्तै कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादीका तीन जना र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक र राप्रपाको एक जना सांसद रहेका छन् ।

मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएका राईको पक्षमा ५० जना सांसदले हस्ताक्षर गरेका छन् । प्रदेश १ प्रदेश सभाको अर्को बैठक आउँदो २३ गते मङ्गलवारका लागि बोलाइएको छ ।

Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर