Aamsanchar

तलब नपाएकाे भन्दै छिन्नमस्ताका शिक्षक र कर्मचारी आन्दाेलनमा

Author Image
बुधवार, कार्तिक १७, २०७८

सप्तरी – सप्तरीको छिन्नमस्ता गाउँपालिकाका शिक्षक र कर्मचारीले तलब पाउन सकेका छैनन् । विद्यालयमा कार्यरत शिक्षकलाई असारयता र अरु कर्मचारीले सात महिनादेखि तलब पाउन नसकेको गुनासो छ । तलब तत्काल पाउनुपर्ने माग राखेर झण्डै दुई सय शिक्षकरकर्मचारीले गाउँपालिकाको कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।

गाउँपालिका अन्तर्गत रहेका विद्यालयका शिक्षक, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी, कृषि, पशु सेवालगायतका कर्मचारीले गाउँपालिकाको केन्द्र रहेको छिन्नमस्ता बजार क्षेत्रमा परिक्रमा गरी कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।

आन्दोलनरत कर्मचारीमा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतलगायत गाउँपालिका कार्यालयमा कार्यरत कर्मचारीहरु समेत रहेका छन् । गाउँपालिका कार्यालयमा करारमा कार्यरत ७ जना कर्मचारीले झण्डै डेढ वर्षदेखि तलबका लागि सङ्घर्ष गरिराखेका छन् ।

जनप्रतिनिधिबीच आपसी तालमेलको अभावका कारण पछिल्लो दुई वर्षयता छिन्नमस्ता गाउँपालिकाले आफ्नो गाउँ सभा समेत गर्न सकेको छैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 311

प्रतिक्रिया (०)

सम्बन्धित खबर