Aamsanchar

बार्यन र युभेन्टस च्याम्पियन्स लिगको अन्तिम १६ मा

Author Image
बुधवार, कार्तिक १७, २०७८

काठमाडौं : युरोपियन च्याम्पियन्स लिग फुटबलमा उपाधि दाबेदार बार्यन म्युनिख र युभेन्टसले अन्तिम १६ मा स्थान पक्का गरेका छन्।​ बार्यनले लगातार ४ खेलमा जित निकाल्दै अन्तिम १६ मा स्थान बनाउँदा युभेन्टसले पनि आफ्नो समूहमा लगातार चार जितनै निकाल्यो।

समुह एच अन्तर्गत भएको खेलमा युभेन्ट्सले सेन्ट जेनिथ पिटर्सवर्गलाई ४-२ ले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गर्‍यो। युभेन्ट्सका लागि डिबालाले दुई गोल गर्दा चिएसा र मोराटाले एक एक गोल थपे। समूहमा युभेन्ट्स लगातार ४ खेलबाट १४ अंक जोड्दै अन्तिम १६ मा पुगेको छ। यो समुहमा दोस्रो स्थानको चेल्सीको ९ अंक छ भने पिटर्सवर्गको ३ अंक रहेको छ। माल्मो अंकविहीन छ। चेल्सीले पनि समुहमा माल्मोलाई १-० ले पराजित गर्दै नकआउट संभावना बलियो बनाएको छ।

बार्यनको जितमा लेवान्डोस्कीको ह्याट्रिक

मंगलबार रातिनै भएको समूह ‘ई’ को अर्को खेलमा लगातार चार जित निकाल्दै जर्मन क्लब बायर्न म्युनिख पनि अन्तिम १६ मा पुगेको छ।  बार्यनले लगातार चौथो जित निकाल्के क्रममा मंगलबार पोर्चुगिज क्लब बेन्फिकालाई ५-२ ले पराजित गर्‍यो। बार्यनका लागि रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गरे। उनले खेलको २६, ६१ र ८४ मिनेटमा गोल गरे। गिनब्रीले ३२ मिनेट र सानले ४९ मिनेटमा गोल गरे।

यो समूहको अर्को खेलमा बार्सिलोनाले डाइनामो किभलाई १-० ले हराउँदै नकआउटको संभावना कायम राख्न सफल भयो। बार्सिलोनाका लागि अन्सु फाटीले खेलको ७० औ मिनेटमा गरेको एकमात्र गोल निर्णायक बन्यो। समूहमा वायर्नले लगातार ४ जित निकालेर १२ अंक जोडेर शिर्ष स्थानमा रहँदा दोस्रो स्थानको बार्सिलोनाको ६ अंक छ। त्यस्तै तेस्रो स्थानको बेन्फिकाको ४ अंक रहँदा पुछारको डाइनामो किभको १ अंक छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 373

प्रतिक्रिया (०)

सम्बन्धित खबर