Aamsanchar

प्रगति पथमा शिखर साकोस, भोलीबाट आफ्नै भवनबाट सेवा सुरु गर्दै

Author Image
बुधवार, कार्तिक १७, २०७८

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको शिखर बचत तथा ऋण सहकारी संस्थाले आफ्नै निजी भवनबाट सेवा दिने भएको छ ।

संस्थाले भर्खरै बिर्तामोड भद्रपुर रोडमा २ करोड १८ लाख ४० हजार १ रुपियाँमा खरिद गरेको साढे तिन तल्लाको विल्डिङमा भोली लक्ष्मीपूजाको साईत पारेर सेवा सुरु गर्न लागेको आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा संस्थाका अध्यक्ष दिपेन्द्र राउतले जानकारी दिए ।

२०६७ साल असोज २२ गते संस्था स्थापना भई सहकारी गतिविधी गर्न सुरु गरेको शिखरले स्थापनाको छोटो समय १० बर्ष भित्रमा उल्लेखनिय प्रगती गरेका छ । ४४ जना शेयर सदस्यबाट ४४ हजार शेयर पुँजीबाट सुरु भएको संस्था हाल ७ हजार ८ सय ४६ शेयर सदस्य आवद्ध रहेका छन् । संस्थाको शेयर पुँजी ५ करोड १८ लाख ३५ हजार पुगेको छ । ३ जना कर्मचारीबाट सुरु भएको संस्थामा हाल ३५ जना कर्मचारीहरु रहेका छन् ।

सर्वसाधारणहरुमा बचत गर्ने बानीको विकास गराउदै अघि बढिरहेको शिखरले डिजिटल बैंकिङ सेवालाई पनि प्रार्थमिताकासाथ संचालन गर्दै आएको छ । जस अनुसार १ हजार ५ सय सदस्यले डिजिडल बैंकिङ कारोवार शिखर एप्स प्रयोग गर्दै गरेको, ‘प्रविधिमा एक कदम अगाडी’ भन्ने नारा सहित संस्थाले प्रविधीलाई समय साक्षेप अपडेट गराउदै लगेको, झापामै पहिलो पटक लकर सेवा संचालन गरेको हाल ६० वटा लकरबाट सेवाग्राहीले सुविधा लिई रहेको संस्थाका सचिव हिमालय प्रसाईंले बताए ।

झापा जिल्लाको माईखोला पूर्व कार्यक्षेत्र रहेको शिखरको कुल बचत ६५ करोड १५ लाख ९ हजार ७ सय ८७ रुपियाँ रहेको छ । कूल ऋण लगानी ६२ करोड ६३ लाख ४० हजार २ सय ८९ रुपियाँ रहेको छ भने खुद नाफा १ करोड ४२ लाख ३३ हजार १ सय ९ रुपियाँ रहेको सचिव प्रसाईले जानकारी दिए ।

सामाजिक कार्यमा पनि अग्रणी बन्दै आएको शिखरले हरेक बर्ष सथापना दिवसको दिन समुदायका लागि सहयोगका कार्यक्रम गर्दै आएको छ । यस बर्ष पनि गत असोज २२ गते राजगढ सेवा केन्द्र मार्फत १ सय जना विपन्न परिवारका बालबालिकालाई दशैंको नयाँ लुगा विरतण गरेको थियो ।

कोरोना कहरले आक्रान्त बनेका सदस्यहरुलाई संस्थाको तर्फबाट १३ लाख ६७ हजार ४३३ रुपियाँ बराबरको ब्याज छुट गरेको विज्ञप्तीमा उल्लेख छ । त्यसैगरी शिखर साकोसले कोरोना पिडित सदस्यहरुलाई निशुल्क अक्सिजन सिलिण्डर बितरण, सदस्य राहत कोषबाट सदस्यको मृत्युमा परिवारलाई ५० हजार र शेयर सदस्यका परिवारका सदस्यको मृत्यु भएको अवस्थामा २५ हजार, घातक रोगको उपचारमा गराउनु परेका सदस्यलाई २५ हजार, सदस्यका परिवारलाई १० हजार सम्म सहयोग उपलब्ध गराउदै आएको छ ।

संस्थाले ११ औं बार्षिक साधारणसभा आगामी मंसिर २ गते देखि ६ गते सम्म गर्ने तयारी गरेको छ ।

भिडियो पनि हेर्नुहोस् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 298

प्रतिक्रिया (०)

सम्बन्धित खबर