Aamsanchar

झापाका विभिन्न स्थानबाट सशस्त्र र नेपाल प्रहरीद्धारा साढे ११ लाखभन्दा बढीको पटाका बरामद

Author Image
बुधवार, कार्तिक १७, २०७८

झापा – तिहार र छठ पर्वलाई लक्षित गरी भारतबाट नेपाल भित्राइएको साढे ११ लाख रुपैयाँ भन्दा बढी मूल्य बराबरको बारुदजन्य पटाका बरामद गरिएको छ ।
झापा जिल्लाका विभिन्न स्थानबाट बरामद गरिएको सो मूल्य बराबरको पटाका सशस्त्र प्रहरी र नेपाल प्रहरीले बुधवार छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी नष्ट गरेको छ ।

खुला सीमा नाकाबाट प्रतिबन्धित विभिन्न नाम गरेका पटाका नेपाल भित्राउने क्रममा सीमा नाका तथा बजार क्षेत्रबाट सशस्त्र प्रहरीले पटाका बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल गण नम्बर २ झापाका डिएसपी प्रेमबहादुर भण्डारीले जनाकारी दिए । अनुमानित ८ लाख २० हजार ५ सय मूल्य बराबरको पटाका बरामद गरी नष्ट गरिएको उनले बताए ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय झापाले विभिन्न स्थानबाट बरामद गरिएको अन्दाजी साढे ३ लाख रुपैयाँ मूल्य बराबरको पटाका बरामद गरी आजै नष्ट गरेको छ । जनप्रतिनिधि, स्थानीय पत्रकार, उद्योग वाणिज्य सङ्घ लगायतको रोहवरमा बरामद पटाकालाई पानी भएको खाल्डोमा पुरेर नष्ट गरिएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले बताए ।
विगत वर्षभन्दा यो वर्ष पटाका थोरै मात्रामा भित्रिएको उनको भनाई छ । कोरोना भाइरस र भारतको बङ्गाल सरकारले पटाका बिक्री वितरणमा पूर्ण रोक लगाएका कारण विहार नाकाबाट मात्र यस वर्ष पटाका भित्रिएको उनले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 79

प्रतिक्रिया (०)

सम्बन्धित खबर