झापा- झापा मेचिनगर नगरपालिका १० खयरडागी स्थितबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ४१ बर्षीय रबि झा रहेका छन् । हिजो दिउँसो साढे १२ बजे ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध ब्राउन सुगर २ ग्राम ७०० मिलि ग्राम र नगद १० हजार ८ सय ३० रुपैया सहित पक्राउ गरेको हो । पक्राउ परेका उनको थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 298