Aamsanchar

गोरखा राज्य एकीकरण अभियानका ऐतिहासिक पात्र नगर्चीको नाममा झापामा पुरस्कार घोषणा

Author Image
शुक्रवार, कार्तिक १९, २०७८

झापा । गोरखा राज्य एकीकरण अभियानमा उल्लेख्य भूमिका निर्वाह गरेका, ऐतिहासिक पात्र बिसे नगर्चीको नाममा झापामा पुरस्कार दिइने भएको छ । उनलाई पृथ्वीनारायण शाहको आर्थिक सल्लाहकारको रुपमा पनि लिइन्छ ।

उनै नगर्चीको नाममा झापाको गोर्खा फाउण्डेसनले अक्षय कोष निर्माण गरी आगामी पुसदेखि पुरस्कार वितरण गर्ने जनाएको छ । गोर्खा फाउन्डेसनका संस्थापक वीरबहादुर दर्नाल (बीरु) ले देश तथा विदेशमा रहेका विभिन्न विधामा योगदान पुऱ्याएका प्रतिष्ठित नेपालीलाई पुरस्कार प्रदान गरिने बताए ।

पुरस्कारका लागि अलग्गै मापदण्डसहितको कार्यविधि निर्माण गर्ने र छनोट समितिसमेत गठन गरिने जनाइएको छ । पुरस्कृतलाई नगद पुरस्कारसहित बिसे नगर्चीको चित्र अंकित तक्मा प्रदान योजना रहेको दर्नालले जानकारी दिए ।

गोर्खा फाउन्डेसन मुख्य आयोजक र झापाका १५ वटै पालिकाहरु सह आयोजक रहने छन् ।

२०७५ सालमा गोरखा जिल्लाको गितार डाँडामा नगर्चीको सालिक स्थापना गरिएको छ । नगरपालिकाको सहयोगमा पार्कसमेत निर्माण गरिएको छ ।

बिसे नगर्चीको जन्म–मृत्यु यही हो भनेर अहिलेसम्म निक्र्यौल छैन । उनको उमेर लगभग ४० वर्ष हुँदा पृथ्वीनारायण शाहको उमेर २१ वर्ष भएको अनुमान छ । पृथ्वीनारायण शाहले ‘तँ आफ्नो घरको पुरानो नगर्ची फेरि मेरो काठो भोटो पनि तैंले नै गरेको होइनस् रु’ भन्ने वाक्यांशले उनको उमेर अनुमान गर्न सकिन्छ । त्यसैले बिसे नगर्चीको जन्म १७६० तिर र मृत्यु १८४५र४६ मा भएको हुनसक्छ ।

नरभूपाल शाहको पालामा दरबारमा दुईजना नगर्ची रहेको र अर्का एकजनाले चाहिँ पञ्चेबाजा बजाउने गरेको पाइएको छ । त्यसकारण नगरा बजाउने चलन गोरखा राज्यको स्थापनादेखि चल्दै आएको हुनसक्छ । तत्कालीन गोरखा राज्य पृथ्वीनारायण शाहको नेतृत्वमा एक ढिक्का थियो । राजाले विशाल नेपालको एकीकरण गरे । यसमा सानो जात भनेर चिनिने दमाईं , कामी, सार्की, गाइनेको उत्तिकै योगदान थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 254

प्रतिक्रिया (०)