Aamsanchar

न्यायको खोजिमा कुमारी : ‘हरेक दिन कुटाई खानु पर्ने, सासुले नै अर्को लोग्ने खोजेर जा भन्दै गाली गर्नुभो’

Author Image
सोमवार, कार्तिक २२, २०७८

उर्लाबारी । सँगै बाँच्ने र सँगै मर्ने कसम खाएर १७ वर्षको कलिलो उमेरमा प्रेम बिबाहपछि घरजम सुरु गरेकी ३१ वर्षीया कुमारी खत्री यतिबेला आफ्नै श्रीमानबाट असुरक्षित हुनु भएको छ ।
श्रीमानले कुट्ने, पिट्ने र मार्ने सम्मको धम्की दिएपछि उदयपुरको त्रियुगा ८ रातेखोला घर भएकी कुमारी अहिले मोरङको रतुवामाई ८ इटहरामा आफ्नी दिदीको घरमा शरण लिएर बसि रहेकी छिन ।कुमारीको भनाई अनुसार ‘श्रीमान् मात्र होइन,सासु–ससुरा नन्द–आमाजु र देवर समेत आफ्नो पक्षमा नभएपछि उनि ज्यान जोगाउन गत कात्तिक ११ गते इटहरा आइपुगेकी हुन । कुमारीका १२ र ८ वर्षका दुई छोराहरू छन् ।

कुमारी आफ्ना पति सिद्धिकुमार खड्कासँग ५ वर्ष अघि देखि अलग्गै बस्दै आएकि थिइन । श्रीमानले बर्सेनि श्रीमती फेरेको थाहा पाएपछि कुमारी घरसल्लाह मै एक्लै बस्न थालेकि थिईन । बैदेशिक रोजगारका लागि कतार जाउन्जेल खड्का दम्पत्तिको घरजम गज्जब चलेको थियो । तर, खड्का कतारबाट फर्केर मलेशिया गएपछि कुमारीका दुखका दिन सुरु भए । कुमारी भन्छिन ‘मलेसिया मै राई थरकी केटीसँग प्रेम बसेछ । त्यसपछि म र छोराहरू प्रति वेवास्था गर्न थाल्नुभयो । परिवारका सदस्यले समेत छोरो मान्छेले जति वटी ल्याए पनि तलाई राम्रो गर्‍यो भने भै गयो नि , भनेर सल्लाह दिए । मैले पनि आफू भन्दा ठूलाको कुरा होला भनेर माने ।’

राई थरकी ति महिलाले पनि विष खाएर आत्महत्या गरिन । उनको काज किरिया पूर्वीय परम्परा अनुसार मेरै घरमा भयो । कुचोले बढार्नु पर्ने कसिंगर हावाले उडायो भनेर म पनि खुसी थिए कुमारीले भनिन । तर, श्रीमानले मगर थरकी अर्की आइमाई राखेको रहेछ । दुई जना महिला बीच खटपट भएपछि राई थरकी महिलालाई विष खुवाएर मारेको भन्ने हल्ला सुनें । कुमारीले भनिन श्रीमानलाई केही दिन प्रहरीले पक्राउ गरेर छोडेको गाउँमै हल्ला भयो ।

महिला भएकोले सहनु सबै सहेकै थिएँ । तर, सासु–ससुरा,देवर र नन्द– आमाजुले दशैंको टीकाको दिन श्रीमानलाई तेस्री श्रीमती सहित घर भित्त्राउने स्वीकृति दिएपछि कुमारीले संसार सबै अध्यारो देखिन। आफ्नै भनाउँदाले दुईभाइ छोरा र आफूलाई घर निकाल्ने तानावाना बुनेको बुझेपछि उनले प्रहरी र स्थानीय प्रशासनमा उजुरी गरिन ।प्रहरी र स्थानीय प्रशासनले समेत सबैले मिलेर बस्नु भनेपछि कुमारी माथि लगातार आक्रमण हुन थाल्यो । न्याय मरेपछि हरेक दिन कुटाई खानु पर्ने, सासुले नै अर्को लोग्ने खोजेर जा भन्दै गाली गर्न थाल्नुभयो । श्रीमान कुट्ने,सासु कुटुने ,आफन्त जति सबै बिरानो भएपछि कुमारीले कात्तिक ११ गते घर छोडिन । उनले भनि ‘उदयपुरमा मेरो कुरा कसैले सुनेनन् । न पुलिसमा उजुरी लिइदिए ।’ न समाजले मेरो पक्षमा बोलिदियो । महिला अधिकारकर्मीले पनि मिलेर बस्न सुझाए । त्यसैले न्याय खोज्दै दिदीको घरमा आएकी हुँ ।

यतिबेला कुमारीको आँखामा आँशु सकिएको छ । निद्रा हराएको छ । आकासको जुन झार्ने सपना देखाएर बिहे गरेको केटालेनै मार्ने, काट्ने र कुट्ने गरेपछि ज्यान जोगाएर उहाँ मोरङ आएकी छन् । उनले भन्छिन के अब मैले न्याय पाउँदिन त रु

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 256

प्रतिक्रिया (०)