
नव कार्यसमिति पदाधिकारी सदस्यहरुलाई सफल ग्रहण गराउदै अध्यक्ष गोम्देन ।

नेकपा एमाले अर्जुनधाराको प्रथम नगर अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई एक कार्यक्रमकोबीच सपथ ग्रहण गराइएको छ ।

सोमबार अर्जुनधारा स्थित पार्टी कार्यालयमा निर्वाचन समिति अध्यक्ष मण्डलद्वारा आयोजित घोषणा सभा तथा सपथ ग्रहण कार्यक्रममा उनीहरुलाई पद तथा गोपनीयताको सपथ खुवाईएको हो ।
अध्यक्ष मण्डलका अध्यक्ष खगेन्द्र नेपालको अध्यक्षता र प्रदेश नं.१ पार्टी कमिटी सदस्य वृख प्रधानको प्रमुख आत्थियमा आयोजित कार्यक्रममा नवनिर्वाचित अध्यक्ष बलदेवसिंह गोम्देनलाई निर्वाचन समितिका संयोजक भूपेन्द्र न्यौपानेले र अन्य पदाधिकारी तथा सदस्यहरुलाई अध्यक्ष गोम्देनले सपथ ग्रहण गराएका थिए ।

एमाले झापा जिल्ला कमिटीका अध्यक्ष चिन्तन पाठक, नगर प्रमुख हरिकुमार राना, नगर कार्यपालिका सदस्य लोकनाथ गौतम, नगर कमिटीका निवर्तमान अध्यक्ष प्रेमसागर सापकोटालगायतले शुभकामना मन्तव्य व्यक्त गरेको कार्यक्रममा कार्यक्रमको सञ्चालन पूण्य सुवेदीले गरेका थिए ।

