Aamsanchar

१० औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने रावलको संकेत

Author Image
मङ्गलवार, कार्तिक २३, २०७८

           

काठमाडौं –नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने संकेत गरेका छन् । मंगलबार गृह जिल्ला अछाम पुगेका रावलले पार्टी एकता जोगाउन दशौं महाधिवेशनमा अध्यक्ष पदको उम्मेदवारी दिने बताए ।

साँफेबगर नगर कमिटीको बैठकमा रावलले भने, ‘तपाईंहरु जेमा उठ् भन्नु हुन्छ, त्यसैमा उठ्छु । यदि तपाईंहरुको पनि यहाँ केही छ भने भनिहाल्नुहोस् ।’ फ्लोरबाट आवाज आयो, ‘अध्यक्षमा ।’

यसपछि रावलले भने, ‘प्रस्तावै रहेछ । म यो आवाजलाई कमजोर हुन दिन्नँ ।’ उपाध्यक्ष रावलले हार्ने जित्नेको चिन्ता नगर्न पनि आग्रह गरे । ‘यो दशौं राष्ट्रिय महाधिवेशनमा तपाईंहरुको स्वाभिमान, भावनालाई झण्डा चाहिँ बलियो गरी समात्छु । हार्ने जित्ने कुराको चिन्तै नगर्नुहोस्’, उनले भने ।

चुनावमा हारजित भइरहने उनको भनाइ थियो । ‘नहार्ने कोे छ ? केपी ओलीजी हारेको थिएन, हारेको थियो । केपी ओलीसँग एउटै प्यानलमा थिएँ, उहाँ अध्यक्षमा हार्नुभयो, म उपाध्यक्षमा’ उनले उदाहरण दिए, ‘केपी ओली झापामा हार्नुभएको छैन ? म संविधानसभामा हारेको हो । माधव नेपालले हारेको छैन काठमाडौंमा ।’

Views: 228

प्रतिक्रिया (०)

सम्बन्धित खबर