

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक आज बस्ने भएको छ। बैठक नयाँबानेश्वरस्थित अर्पण ब्याक्वेटमा दिउँसो २ बजेका लागि बैठक बोलाइएको उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। बैठकले शनिबार र आइतबारका लागि तय गरिएको पार्टी केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्ने खतिवडाको भनाइ छ।

नेकपा (एकीकृत समाजवादी) ले शनिबार र आइतबारका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ।
Views: 227


