

पाँचथर- कालो सुनको रुपले परिचित पूर्वी पहाडी जिल्लाहरुमा उत्पादन हुने अलैँचीले भाउ पाउन थालेपछि कृषकहरु हर्षित भएका छन् ।

दुई महिना अघिसम्म प्रतिमन ३० हजार रुपैयाँका दरले विक्री हुँदै आएको अलैँचीको भाउ अहिले प्रतिमन ५० हजार पुगेपछि कृषकहरु हर्षित भएका हुन् ।

उत्पादनमा कमी आएसँगै अलैचीको भाउ बढेको हुन सक्ने नेपाल अलैँची ब्यवसायी महासंघ पाँचथरका अध्यक्ष खेम अधिकारीले बताउनुभयो ।

अहिले अलैँची टिप्ने, भट्टी लगाउने र विक्री गर्ने समय हो । पूर्वी पहाडका पाँचथर, इलाम, ताप्लेजुङ, तेह्रथुम, सङखुवासभा लगायतका जिल्लाहरुमा अलैँची खेती हुने गरेको छ ।
Views: 310

