Aamsanchar

आजबाट नेकपा (एस) को केन्द्रीय कमिटी बैठक सुरु हुँदै

Author Image
शनिवार, कार्तिक २७, २०७८

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदै छ । शनिबार र आइतबारका लागि केन्द्रीय कमिटी बैठक बोलाइएको छ।

समाजवादीले आजबाट सुरु हुने केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गरेको छ । शुक्रबार काठमाडौंमा बसेको पार्टीको स्थायी कमिटी बैठकले शनिबार र आइतबार काठमाडौंमा बस्ने केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकको एजेन्डा तय गरेको हो ।

केन्द्रीय कमिटीको पहिलो दिन शनिबार केन्द्रीय अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका पदाधिकारीलाई शपथ गराइने नेता गंगालाल तुलाधरले जानकारी दिए ।

बैठकमा संघीय सरकारका क्रियाकलापका बारेमा पार्टीबाट गएका मन्त्रीहरूबाट जानकारी लिने र प्रदेश १ र वाग्मती प्रदेशका मुख्यमन्त्रीबाट आगामी कार्ययोजना पेस हुने कार्यसूची तय भएको उनले बताए ।

Views: 236

प्रतिक्रिया (०)

सम्बन्धित खबर