
काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर २ सय ९५ जना कोरोना संक्रमित थपिएका छन्।

५ हजार २ सय २५ जनाकाे पिसिआर र ३ हजार १८ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय ९५ जना संक्रमित भेटिएका हुन। गत २४ घण्टाको अवधिमा २ जनाको कोरोनाकै कारण मृत्यु भएको छ।
यस्तै आज ४ हजार ७८ जना संक्रमित संक्रमणमुक्त भएका छन्। हाल देशभर ७ हजार २ सय ७८ जना सक्रिय संक्रमित रहेका मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ।

Views: 65

