Aamsanchar

अपाङ्ग बाल शिक्षालाई कामनाको सहयोग

Author Image
आइतवार, कार्तिक २८, २०७८

बिर्तामोड । झापाको विर्तामोडमा रहेको कामना विकास बैंकले आफ्नो बार्षिकोउत्सवको अबसर पारेर सामाजिक परोपकारी काम गरेको छ । शुक्रबार बैंकका प्रतिनिधीहरुले अर्जुनधार स्थित अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रलाई विभिन्न जिन्सी सामाग्रहीहरु सहयोग गरेका छन् ।

सरोकार केन्द्रलाई १० थान सिरक, १० थान तन्ना, करिव १ महिनालाई पुग्ने दाल, चिनी, चिया, चना–मटर, सफाईमा प्रयोग गरिने फिनाइल, हरपिक, साबुन,मन्जन, शैक्षिक सामग्रीहरुमा चित्र बनाउने कापी र रंगीन पेन्सिल १०–१० थान प्रदान गरिएको बैंकका कर्मचारी उमेश घिमिरेले जानकारी दिए ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 35

प्रतिक्रिया (०)