Aamsanchar

नेतृत्व छनौट प्रक्रियालाई विपक्षी दलसँगको लडाईजस्तो नबनाउ : थापा

Author Image
आइतवार, कार्तिक २८, २०७८

कनकाई  । नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले पार्टीको आन्तरिक महाधिवेशन र नेतृत्व छनौट प्रक्रियालाई विपक्षी दलसँगको लडाईजस्तो नबनाउन कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

नेपाली कांग्रेस कनकाई नगरपालिका ९ नं वडाको आयोजनामा आइतबार सम्पन्न कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै सभापति थापाले संसदीय निर्वाचनमा एमालेसँग चुनावी भिडन्त गर्नुपर्ने भएकोले आन्तरिक छनौट प्रक्रियामा मित्रवत ब्यवहार गर्न प्रतिष्पर्धी उम्मेद्वारहरुलाई अपिल गर्नुभएको हो ।
पार्टीमा अहिलेसम्म गरेको काम र योगदानको मूल्याङ्कन गरेर योग्य, सक्षम र क्षमतावान नेतृत्वलाई विवेकपूर्ण मतदान गर्न सभापति थापाले कार्यकर्तासँग अनुरोध समेत गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस झापा प्रचार विभाग प्रमुख कृष्ण हुमागाई, २ नं क्षेत्रीय सभापति खगेन्द्र मैनाली, शेरबहादुर थापा, टीका प्रसाई, खड्ग प्रसाई, दीपक तामाङ, हस्त परियार, दिपेन्द्र ढकाल लगायतले बोल्नुभएको थियो ।
मोहन राजवंशीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन चन्द्र चुडालले गर्नुभएको थियो ।

Views: 192

प्रतिक्रिया (०)