Aamsanchar

‘ग्याङ फाइट’हुँदा एक जनाको मृ*त्यु

Author Image
सोमवार, कार्तिक २९, २०७८

 

   

विराटनगर : बूढीगंगा गाउँपालिका–६ कोयलपुरमा ‘बर्थ–डे’ (जन्मदिन)मा आयोजित पार्टीमा‘ग्याङ फाइट’हुँदा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार स्थानीय नानु लिम्बूको घरमा आयोजित उनकी भतिजी इछिङको बर्ड–डे पार्टीमा आइतबार राति दुई पक्षबीचको विवाद बढेर झगडा भएको हो। 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले ‘ग्याङ फाइट’मा धनकुटाको पाख्रीबास घर भएका २६ वर्षीय रिजन दाहालको मृत्यु भएको जानकारी दिए। उनका अनुसार घटनामा धनकुटा देव्रेबासका २२ वर्षीय कमल थापा र घरधनी नानु लिम्बू पनि घाइते भएका छन्। हत्या गरिएका दाहाल र घाइते थापा सुनसरीको इटहरी उपमहानगरपालिका–१३ खनारमा डेरा गरेर बस्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दुवै जना खनारस्थित रिलायन्स धागो उद्योगमा कार्यरत रहेको प्रहरीले जनाएको छ। 

बूढीगंगा–६ का २३ वर्षीय धने भनिने धनबहादुर तामाङ, २४ वर्षीय ईश्वर भनिने लिखमान लिम्बू र सुनसरीको इटहरी–११ का २२ वर्षीय राजु तामाङ लगायत छ/सात जनाको समूहले दाहाल र थापामाथि खुकुरी प्रहार गरेको प्रहरीको भनाइ छ।
खुकुरी प्रहारबाट गम्भीर घाइते भएका दाहालको उपचारका लागि लैजाँदै गर्दा राति ९ बजेतिर बाटैमा मृत्यु भएको डीएसपी श्रेष्ठले बताए। दाहालको टाउकोमा खुकुरी प्रहार गरिएको चोट थियो। 
प्रहरीका अनुसार दाहालमाथि खुकुरी प्रहार हुन थालेपछि थापा र घरधनी लिम्बू छुट्याउन गएका थिए। छुट्याउने क्रममा उनीहरुमाथि पनि खुकुरी हानिएको प्रहरीको भनाइ छ। थापा र लिम्बूको हातमा खुकुरीले काटेको चोट छ। 

डीएसपी श्रेष्ठका अनुसार दुई पक्षबीच भएको विवादको कारण खुल्न सकिरहेको छैन। ‘दुई पक्षबीच केही दिनअघि पनि विवाद भएर मेलमिलाप भएको पाइएको छ,’ उनले भने, ‘फेरि बर्थ–डे पार्टीमा भेट भएपछि पुरानो विवादलाई लिएर झगडा भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।’ प्रहरीको प्रारम्भिक अनुसन्धानबाट आक्रमणमा संलग्नहरु लागुऔषधका दुर्व्यसनी भएको खुलेको छ। 

घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुई युवालाई नियन्त्रणमा लिएको छ। घटना अनुसन्धानका क्रममा रहेको भन्दै नियन्त्रणमा लिइएका युवाहरुको नाम प्रहरीले खुलाएको छैन। घटनाका बारेमा थप बुझ्ने काम भइरहेको बताउँदै डीएसपी श्रेष्ठले घटनाको अनुसन्धान थालिएको जानकारी दिए। उनका अनुसार घटनापछि फरार रहेकाहरुको पनि खोजी तीव्र पारिएको छ। 
वडाध्यक्ष दिलिप चौधरीले पार्टीमा मदिरा सेवन गरेका युवाहरुबीच विवाद बढेपछि ‘ग्याङ फाइट’ भएको बताए। मदिराको नसामा रहेका युवाहरुको झगडाले ज्यानै जाने घटना भएको उनको भनाइ छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 187

प्रतिक्रिया (०)

सम्बन्धित खबर