
काठमाडौं : नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रूपैयाँ तोकिएको छ। आइतबार प्रतितोला ९४ हजार ६०० रूपैयाँमा कारोबार भएको थियो।

यस्तै‚ तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ८०० रूपैयाँ तोकिएको छ। जसको मूल्य आइतबार प्रतितोला ९४ हजार १०० रूपैयाँ थियो।

त्यस्तै‚ सोमबार चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ घटेको छ। महासंघले आज प्रतितोला एक हजार २८० रूपैयाँ मूल्य कायम गरेको छ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८५७ डलर आसपासमा कारोबार भइरहेको छ।
Views: 188

