Aamsanchar

सडेगलेको अवस्थामा एक पुरुषकाे शव टिकौली जंगलमा फेला

Author Image
सोमवार, कार्तिक २९, २०७८

   

चितवन – चितवनको टिकौली जंगलमा परिचय नखुलेका एक पुरुषको सडेगलेको अवस्थामा एक पुरुष मृत भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आज बिहान साढे ७ बजे अन्दाजी ६० वर्षका पुरुषको शव फेला परेको हो । 
शवको प्रकृति हेर्दा केही दिन अघि उनको मृत्यु  भएको र कपडाले बेरिएको अवस्थामा पूर्व पश्चिम राजमार्गबाट १०० मिटरभित्र जंगलमा भेटिएको कार्यालयका प्रवक्ता सूर्य बहादुर थापाले जानकारी दिए । स्थानीयले शव देखेपछि प्रहरी घटनास्थलमा पुगेको छ । हालसम्म शवको पहिचान हुन सकेको छैन । 

Views: 331

प्रतिक्रिया (०)

सम्बन्धित खबर