

काठमाडौं – नेकपा एमालेले प्रदेश १ को प्रदेशसभा बैठक स्थगित गर्न प्रस्ताव गरेको छ । प्रदेशसभाको मंगलबार बोलाइएको बैठकमा मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत दिने तयारी गरेका छन् । त्यसअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेले विप्लव समूहले गरेको बन्दका कारण सांसदहरु आउन नसकेको भन्दै बैठक स्थगित गर्न माग गरेको छ ।

तर सत्तारुढ दलहरुले बैठक रोक्न सहमत भएनन् । यदि बैठक बसे आफूहरु सहभागी नहुने एमाले प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताए ।
Views: 129

