Aamsanchar

इलाममा आफ्नै दाइको हत्या आरोपमा भाइ पक्राउ

Author Image
मङ्गलवार, कार्तिक ३०, २०७८

इलाम- इलाममा आफ्नै दाइको हत्या आरोपमा भाइ पक्राउ परेका छन्  । ३५ वर्षीय इच्छा मुखियाको चक्कु प्रहार गरी हत्या गरेको आरोपमा सन्दकपुर गाउँपालिका–१ चाँपगैरी बस्ने ३० वर्षीय चक्र मुखियालाई प्रहरीले पक्राउ गरेको हो ।

काकाको घरमा मादकपदार्थ सेवन गरी बसिरहेको अवस्थामा सामान्य विवाद भएपछि चक्रले चक्कु प्रहार गर्दा इच्छाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय इलाम र प्रहरी चौकी बन्दुकेबाट खटिएको प्रहरीले चक्रलाई चक्कुसहित पक्राउ गरेको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 92

प्रतिक्रिया (०)

सम्बन्धित खबर