Aamsanchar

ससुराली घरमा पासो लगाएर एक युवाद्वारा आत्महत्या

Author Image
मङ्गलवार, कार्तिक ३०, २०७८

धनुषामा एक युवाले आत्महत्या गरेका छन् । मिथिला नगरपालिका–२ बस्ने २६ वर्षीय रामचन्द्र महतोले सोमबार राति मिथिला नगरपालिका–५ स्थित श्रीपुरमा रहेको ससुराली घरमा पासो लगाएर आत्महत्या गरेका हुन् ।

झुण्डिएको बेला अचेत फेला परेका रामचन्द्रलाई उपचारका लागि जनकपुरस्थित अस्पतालमा ल्याउने क्रममा मृत्यु भएको धनुषाका प्रहरी प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले बताए । मृतक महतोको खल्तीमा सुसाइड नोटसमेत फेला परेको उनको भनाइ छ ।

सुसाइड नोटमा उनले ससुरालीमाथि आरोप लगाउँदै लेखेका छन्, ‘ससुरालीका सबै परिवारजन मिलेर सोमबार निर्घात कुटपिट गरेकाले मेरो मृत्यु भए त्यसको सम्पूर्ण जिम्मेबार ससुरालीका सबै सदस्य हुने छन् ।’

Views: 305

प्रतिक्रिया (०)

सम्बन्धित खबर