Aamsanchar

रगतको व्यवस्थापन र यसका चुनौतीहरु !

Author Image
मङ्गलवार, कार्तिक ३०, २०७८

साधारणतया आम मानिसहरुलाइ रगतको आवश्यक कहिले पर्ला त १ सुत्केरी अवस्थामा, सवारी दुर्घटना, शरीरमा रगतको मात्रा कम हुँदा, ब्लड क्यान्सर भए पछि १ यो संगसङै पछिल्लो अवस्थामा आपतकालीन रगतको माग धेरै बड्न थालेको छ१ त्यसो त झापाको मुटुमा रहेको पुर्वान्चल क्यान्सर अस्पताल संचालनमा आए पछि दैनिक रुपमा धेरै नै बिरामीको चाप बढ्दै गइरहेको छ ।
झापामा अहिले सम्म रक्तसञ्चार केन्द्र (नेपाल रेडक्रस सोसाइटी) दमक, बिर्तामोड, र भद्रपुरमा रहेको त्यसका बाबजुत पनि बिरामीको चाप लाई मध्यनजर गरि क्यान्सर अस्पतालमा रक्तसञ्चार सेवा संचालनमा ल्याइएको छ १ तथापि धेरै संघसस्थाहरुले रगतको मागलाई कम गर्न विभिन्न सम्मयमा आफ्नो वार्षिकोत्सव, अथवा कुनै सभा,गोष्ठीको अवसरमा रक्तदान कार्यक्रमको आयोजना बाक्लै हुने गरेमो छ । पछिल्लो समयमा सवारीको चापले सडक दुर्घटना हुने बढ्दो सहरीकरण,समय अनुसार प्रजननकार्यको वृद्धि भए संगै पूर्व पहाडका अधिकांस बिरामीहरुलाइ सजिलै संग झापा लगायत अन्य अस्पतालमा ल्याउन यातायातको सुबिधा भएको हुनाले रगतको माग अत्याधिक बडेको छ । त्यो संगसङै धेरै बिरामीका आफन्त,बिरामी लिएर आउने कुरुवाहरुलाइ रगतको विषयमा धेरै कुराको जानकारी नभएर अतालिनु पर्ने अवस्था सृजना भएको छ ।

कुन अवस्थाको बिरामिलाई कस्तो प्रकृतीको रगत आवश्यक पर्छ थाहा नहुनु स्वभाविक पनि हो । रक्तसञ्चार सेवामा कार्यरत कर्मचारीहरुले वहाँ हरुलाइ बुझाउने पनि गर्नु हुन्छ । त्यो संग सङ्गै रगत ब्यबस्थापनको लागि विभिन्न माध्ययमबाट दैनिक धेरैको फोन, म्यासेज आउने गनक्रम दैनिक बढदै गएको छ । रगतको बिसयमा जानकारी हुनेले सालिन पुर्ण रुपमा सोधपुछ गरि रगत ब्यबस्थापनका लागि अनुरोध गर्ने गारेको पाइन्छ । कोहि बिरामीका आफन्त हरुले हामी संग सबै रगतको ब्यबस्थापन सहजै हुने गरि तुरुन्तै आइहाल्नुस भनेर पनि कल गर्ने गर्नु हुन्छ ।

अतः हामीले बुझ्नुपर्ने कुराहरु बिरामीलाई अस्पतालमा भर्ना गरिसके पछि बिरामिको अवस्था कस्तो छ, बिरामीको रगत समूह कुन हो, डाक्टर को परामर्श अनुसार बिरामीलाई कस्तो प्रकृतीको रगत आवस्यक छ ।

स्वक्ष रक्तादाता चाहिने हो अथवा, होल्ड गरिएको रगत चाहिने हो, सबैकुरा बुझ्न जरुरी छ, साथै उक्त बिरामीको रगत र परिवारमा अन्य सदस्यको रगत समुह मिल्ने नमिल्ने, आफ्ना आफन्त साथी संग मिल्छ मिल्दैन यो सबै गर्दा पनि नमिलेको खण्डमा रक्तसञ्चारमा गएर डाक्टर को सल्लाह अनुसार त्यहा कार्यरत कर्मचारीहरु संग बुझेर सजिलैसँग रगतको सहजीकरण गर्न र गराउन सकिन्छ। रक्तसञ्चार सेवा ९रेडक्रस० मा पनि नपाइएको खण्डमा रगतदान गर्नेहरुको लिस्ट मार्फत आफैले सम्पर्क सहजीकरण गर्ने प्रयास गर्नु पर्छ । यस्तो अवस्थामा जहिले पनि धैर्यताका साथ फोन कल गर्नु पर्ने हुन्छ । रगत सहजिकरण गर्दै गर्दा कतिपय अवस्थामा रगतदान गर्न आउने मानिस फर्किनु पर्ने अवस्था पनि आएको छ । एउटै बिरामीका लागी धेरै तिर बाट फोन कल आउने हुँदा सूचना प्रवाहको अभावले गर्दा यस्तो अवस्था सृजना हुने गरेको पाइन्छ।
त्यस्ले गर्दा सके सम्म बिरामीको आफन्त ९कुरुवा० ले सहि सुचना लिएर रगतको सहजीकरणमा काम गर्ने संघ, संस्था,ब्याक्तिहरु माझ सहि सुचना आदान प्रदान गरे रगत सहजै उपलब्ध गर्न र गराउन अझ सहज हुने हुँदा बिरामीलाई भनेकै समय रगतको परिपुर्ति गर्न अझ सहज हुने थियो की !

लेखक आचार्य एक सामाजिक अभियन्ता र रक्तदता पनि हुन् उनले ३० औं पटक रक्तदान गरिसकेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 243

प्रतिक्रिया (०)

सम्बन्धित खबर