Aamsanchar

हिजोको ‘बन्द’ ले विश्वासको मत लिन नपाएका मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै !!

Author Image
बुधवार, मंसिर १, २०७८

प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले बुधबार प्रदेशसभामा विश्वासको मत लिँदै छन् । उनले मंगलबार नै विश्वासको मत लिने भनिएपनि विप्लव नेतृत्वको नेकपाको बन्दको कारण देखाउँदै बैठक स्थगित गरेर आजको लागि सारिएको थियो ।

उक्त प्रस्ताव टेबल नै नभई मंगलबार सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशसभा बैठक स्थगित गरेपछि मुख्यमन्त्री राईले विश्वासको मत लिने प्रक्रिया एक दिन पर धकेलिएको हो । बैठक स्थगित गरिएपनि राईले सभामुख एमालेको कार्यकर्ताजस्तो भएको भन्दै आलोचना समेत गरेका थिए ।

पाँच दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री बनेको दुई सातापछि राईले प्रदेश सभाबाट विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्री राई गत कार्तिक १६ गते मुख्यमन्त्री बनेका थिए ।

राईलाई मत दिने पाँच दलीय सत्ता गठबन्धनमा ५० सांसद छन् । ९३ सदस्यीय प्रदेशसभामा हाल कायम संख्या ९२ छ । गठबन्धनमा काँग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका ३ र संघीय लोकतान्त्रिक मञ्चका १ गरी ५० सांसद छन् ।

मुख्य विपक्षी एमालेसँग ४१ सांसद छन् । एक जना सभामुख र एक जना फरार सांसद घटाउँदा उसको मत संख्या ३९ मात्रै हुन्छ । त्यसैले सत्ता गठबन्धनले सजिलै विश्वासको मत आर्जन गर्ने अवस्था छ ।

साभार : रातोपाटी

Views: 289

प्रतिक्रिया (०)