Aamsanchar

 मेचीका चार सर्वोत्कृष्ट करदाता सम्मानित

Author Image
बुधवार, मंसिर १, २०७८

झापा । झापामा दशौं राष्ट्रिय कर दिवस मनाइएको छ । सँगसँगै कर सप्ताहको शुभारम्भ गरिएको छ ।
आन्तरिक राजश्व कार्यालय भद्रपुरको आयोजना र विर्तामोड उद्योग वाणिज्य संघको संयोजनमा आज बुधबार विर्तामोडमा विशेष समारोह सम्पन्न गरियो ।
विर्तामोडको मुक्तिचोक परिसरमा आयोजित दशौं राष्ट्रिय कर दिवस तथा कर सप्ताहको उद्घाटन प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गरेका थिए ।

सो अवसरमा साविक मेची अञ्चलको चार जिल्लाका एक–एक सर्वाधिक करदातालाई सम्मान गरिएको थियो । झापाबाट सर्वाधिक करदाताका रुपमा भद्रपुरको साहेवाला ट्रेडिङ प्रा. लि., इलामबाट फिक्कल उत्तम स्टोर, पाँचथरबाट जय अम्बे ट्रेडर्स एण्ड सप्लायर्स र ताप्लेजुङबाट सलिना सप्लायर्स सम्क्मानित भएका हुन् ।
ती प्रतिष्ठानका सञ्चालकहरुलाई प्रमुख अतिथि ढकालले दोसल्ला ओढाएर सममानपत्र प्रदान गरेका थिए । साहेवाला ट्रेडिङका तर्फबाट सञ्चालक अजय साहेवाला, फिक्कल उत्तम स्टोरका तर्फबाट सञ्चालक उत्तम श्रेष्ठ, जय अम्बेका तर्फबाट राजन काफ्ले र सलिना सप्लायर्सका तर्फबाट तीलमाया भट्टराईले सम्मान ग्रहण गरेका थिए । आन्तरिक राजश्व कायार्यलय भद्रपुरको सेवाक्षेत्र साविक मेची अञ्चलका चार जिल्ला रहेका छन् ।

आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्रमुख शुभप्रसाद रिजालको अध्यक्षतामा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि ढकालले नेपालको राजश्व आयातमा निर्भर रहेकोले आयातलाई प्रतिस्थापन गर्दै निर्यातलाई बढाउन र आन्तरिक करको दायरा बढाउनुपर्ने आवश्यकता रहेको बताए । उनले राज्य र निजी क्षेत्रबीच सुमधुर सम्बन्धले मात्र देशले आर्थिक समृद्धि हासिल गर्नसक्ने बताउँदै राज्यले करको दर र क्षेत्र बढाउने भन्दा पनि प्रविधिको भरपूर उपयोग गर्दै करको दायरा फराकिलो बनाउनुपर्नेमा जोड दिए ।

सञ्चारकर्मी स्वस्तिका आचार्यले सञ्चालन र विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले स्वागत गरेको समारोहमा झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ का अध्यक्ष टिकाराज ढकाल, केन्द्रीय सदस्य हेमराज ढकाल, १ नं प्रदेश सदस्य कुमार भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए भने क्षितिज नाट्य समूहसम्बद्ध क्षितिज संगीत साधना प्रतिष्ठानका कलाकारहरुले स्वागत गीत प्रस्तुत गरेको थिए ।

समारोहमा चारै जिल्लाका उद्योग–व्यवसायसम्बद्ध संघ–संस्थाका पदाधिकारीलगायत उद्योगी–व्यवासयीको उल्लेख्य सहभागिता थियो ।
समारोहअघि उद्योगी–व्यववसायीहरुको संलग्नतामा विर्तामोडमा प्रभातफेरी निकालिएको समारोहको सहआयोजक विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 232

प्रतिक्रिया (०)

सम्बन्धित खबर