Aamsanchar

किर्ते मुद्धामा फरार अर्जुनधाराका १ जना १८ वर्षपछि पक्राउ

Author Image
बिहिवार, मंसिर २, २०७८

 

   

झापा- सरकारी छाप दस्तखत किर्ते मुद्धामा फरार एक प्रतिवादी १८ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा ५ बस्ने ६५ बर्षिय उदय पराजुली रहेका छन् । उनलाई झापा जिल्ला अदालतको २०६० माघ २१ गतेको फैसला बमोजिम सरकारी छाप दस्तखत किर्ते मुद्धामा एक बर्ष कैद र ५० रुपैयाँ जरिवाना तोकिएको थियो ।          हालसम्म फरार रहेका पराजुलीलाई सर्वोच्च अदालत निर्देशनालयद्वारा गठित फैसला कार्यान्वयन झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी बिहीवार फैसला कार्यान्वयनको अदालतमा उपस्थित गराएको हो । अदालतको आदेशले कैद भुक्तानको लागि कारागार पठाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 207

प्रतिक्रिया (०)

सम्बन्धित खबर