Aamsanchar

एप्पलले आफ्नो डिभाइसहरु आफैँ मर्मत गर्न मिल्ने बनाइदिने

Author Image
आइतवार, मंसिर ५, २०७८

सीएनएन – एप्पलले आफ्ना उपभोक्ताहरुलाई आफ्नो डिभाइसहरु आफैँ मर्मत गर्न मिल्ने बनाइदिने तयारी गरिरहेको छ । सरकारी निरीक्षक र ग्राहक दुवै पक्षबाट यसबारे अधिकतम दबाब आएपछि कम्पनीले उत्पादनको मर्मत सम्बन्धी यस्तो निर्णय लिन लागेको हो ।

बुधबार यस नयाँ कार्यक्रमबारे घोषणा गर्दै एप्पलको उत्पादनका पाटपूर्जाहरु अर्को वर्षसम्म खरिद गर्नका लागि उपलब्ध गराइने बताइएको छ । यो कार्यक्रमलाई ‘सेल्फ सर्भिस रिपेयर’ को नाम दिइनेछ । यस अन्र्तगत प्रयोगकर्ताले फुटेका या बिग्रिएका डिभाइसहरुलाई एप्पलको वेबसाइटमा पोस्ट गरिएको म्यानुअल हेरेर आफैँ मर्मत गर्न सक्नेछन् ।

एप्पलले यसमा सबैभन्दा बढी मर्मत गर्नुपर्ने भाग जस्तै डिस्प्ले, ब्याट्री अनि क्यामेरा मोड्युल लगायतमा केन्द्रित रहने बताएको छ । कम्पनीका अनुसार यसले अर्को वर्षको लन्चमा २०० भन्दा बढी पाटपूर्जाहरु उपलब्ध गराउनेछ । सो रिपेयर कार्यक्रम सुरुवातमा आइफोन १२ र आइफोन १३ का प्रयोगकर्तालाई मात्र उपलब्ध हुनेछ तर पछि कार्यक्रम विस्तार गरि म्याक कम्प्युटरलाई पनि समावेश गरिनेछ जसले एप्पलको नयाँ ‘इन–हाउस एमवान चिप’ को प्रयोग गर्दछ ।

कम्पनीले अर्को वर्ष यो कार्यक्रम औपचारिक रुपमा लन्च भइसकेपछि मात्र ती पाटपूर्जाको मूल्य सार्वजानिक गर्ने बताएको छ । तरपनि कम्पनीले हाल काम गरिरहेको स्वतन्त्र र्ममत प्रदायकहरुसँग जति शूल्क लिन्छ ग्राहकहरु बाट पनि त्यति नै पैसा लिने बताएको छ ।

पछिल्लो समय विद्युतीय उपकरण निर्माता जस्तै ट्रयाक्टर देखि अस्पतालका उपकरण सम्मका निर्माताहरु, बिग्रिएका डिभाइस मर्मत गर्न पाउनुपर्ने सम्बन्धी आलोचना खेपिरहेका छन् ।

विभिन्न कम्पनीहरुले डिभाइस एकपटक बिग्रिसकेपछि मर्मत गर्न नमिल्ने किसिमले बनाउँदा यसले उपभोक्ताको खर्च बढाउनेदेखि स्वतन्त्र मर्मत पसलहरुमा क्षति पुर्याउने र वातावरणका लागि समेत खराब हुने आलोचकहरुको तर्क छ ।

अमेरिका, बेलायत र युरोपका निरीक्षकहरुले त कम्पनीहरुमाथि ग्राहकलाई सामान बिग्रिएको खण्डमा मर्मत गर्न स्पेयर पाटपूर्जाहरु प्रदान गर्नुपर्ने सम्बन्धी कानुन नै ल्याउन लागिसकेका छन् ।

एप्पलका अनुसार २०० राष्ट्रहरुमा रहेका झन्डै २८,०० स्वतन्त्र मर्मत प्रदायकहरुसँग एप्पलको उत्पादनका पाटपूर्जा र ममर्त सम्बन्धी शीप छ । अहिलेका लागि यो रिपेयर कार्यक्रम लन्च भइसकेपछि अमेरिकामा मात्र उपलब्ध हुनेछ तर २०२२ सम्म अन्य देशहरसम्म पनि विस्तार गराउने बताएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 169

प्रतिक्रिया (०)

सम्बन्धित खबर